Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपा-एमाले अधिवेशनः शुभकामना दिन चितवन पुगे थापा, भृकुटीमण्डपसम्म पनि गएनन् ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनलाई शुभकामना दिन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा महाधिवेशन उद्घाटनस्थल पुग्दा एमालेका नवनिर्वाचित अध्यक्ष केपी ओली भने कार्यक्रममा उपस्थित नै भएनन् ।

तर, राप्रपाका अध्यक्ष कमल थापाले भने केही दिनअघि मात्र चितवनमा भएको एमालेको १०औं महाधिवेशनमा उपस्थित भएर एमालेलाई शुभकामना दिँदै ओलीलाई राष्ट्रवादी नेताको उपमा समेत दिएका थिए।

तर, ओलीले भने शुभकामनाका लागि पार्टीबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पाेखरेललाई पठाएका थिए ।

यता ओली अनुपस्थित भएको राप्रपा महाधिवेशनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल भने शुभकामना दिन उद्घाटनस्थल पुगेका थिए ।

प्रचण्ड एमाले महाधिवेशनमा शुभकामना दिन चितवन पुगेका थिएनन् भने नेपाललाई एमालेले निम्तो नै गरेको थिएन । प्रचण्डले आफ्नो पार्टीबाट लिलामणि पोखरेललाई चितवन पठाएका थिए।

यस्तै, एमाले महाधिवेशनमा शुभकामना दिन चितवन पुगेका जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरु पनि राप्रपा महाधिवेशनमा उपस्थित भएनन् ।

महाधिवेशन १७ मङ्सिरसम्म चल्ने छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077