Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपाको महामन्त्रीमा उम्मेदवारी दिने रेखा थापाको तयारी

काठमाडौं । नायिका रेखा थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्रीमा उम्मेदवारी दिने भएकी छन् ।

बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको राप्रपाको एकता महाधिवेशनमा नायिका थापाले महामन्त्रीमा लड्ने तयारी गरिरहेको उनीनिकटका व्यक्तिहरुले बताए।

काठमाडौं क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधि बनेकी रेखाले यसबारे औपचारिक रुपमा भने बोलेकी छैनन् । तर, उनी निकटस्थहरुका अनुसार रेखा राजेन्द्र लिङ्देनको प्यानलबाट उम्मेदवारी दिने तयारीमा छन् ।

पार्टीमा युवा पुस्ताले नेतृत्व पाउनुपर्छ भन्नेमा जोड दिएकी नायिका थापा यसअघि गत बिहीबार राप्रपाका सांसद लिङ्देनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेको कार्यक्रममा पनि उपस्थित भएकी थिइन्।

रेखा यसअघि अध्यक्ष पशुपति शमशेर राणा निकट थिइन् । यसपटक राणा अध्यक्षमा नउठ्ने भएका छन् । हाल तीन अध्यक्ष रहेको राप्रपामा महाधिवेशनले एकल अध्यक्ष स्थापित गर्ने भएकाले यसलाई महत्वका साथ हेरिएको छ।

हालका एक अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देनले भावी अध्यक्षका लागि उम्मेदवारी घोषणा गरिसकेका छन्। पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीले चुनाव नलड्ने घोषणा गरेका छन्।

पार्टीको विधानअनुसार एक महिलासहित चार उपाध्यक्ष र एक महिलासहित तीन महामन्त्री महाधिवेशनले निर्वाचित गर्नेछ । रेखा महिला महामन्त्रीमा उठ्न लागेकी हुन्। लिङ्देनको प्यानलबाट एक महामन्त्रीमा धवलशमशेर राणाको उम्मेदवारी घोषणा भइसकेको छ।

नायिका थापा वि.सं २०७३ मा तत्कालिन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाको बिचार मन पर्यो भन्दै माओवादी केन्द्र छाडेर राप्रपामा प्रवेश गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077