Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्वस्तिक बाचन गरेर सुरु भयो राप्रपाको महाधिवेशन, माधव नेपालसहितका नेताहरुको उपस्थिति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशन सुरु भएको छ ।

बुधबार काठमाडौंको भृकुटीमण्डपमा स्वस्तिक वाचन गरेर महाधिवेशनको उद्घाटन गरिएको हो । महाधिवेशनमा झण्डै ४ हजार ४ सय प्रतिनिधि सहभागी हुने बताइएको छ।

आगामी नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देनको अध्यक्ष पदमा उम्मेदवारी घोषणा भएको छ । महाधिवेशनले १४७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ।

शुक्रबारसम्म चल्ने महाधिवेशनको उद्घाटन सत्रमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहितका नेताहरुको सहभागीता रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077