Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • स्वदेशमै मोबाइल उत्पादन गर्न व्यवसायीहरुलाई अर्थमन्त्री शर्माको आग्रह

    स्वदेशमै मोबाइल उत्पादन गर्न व्यवसायीहरुलाई अर्थमन्त्री शर्माको आग्रह

    अनलाइन नेपाल
  • बुधबार, १५ मंसिर २०७८
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालमै मोबाइल उत्पादन गर्न मोबाइल व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

    बुधबार नेपाल मोबाइल वितरक संघको महाधिवेशन उदघाटन गर्दै अर्थमन्त्री शर्माले यसका लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताए ।



    मन्त्री शर्माले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) तत्काल लागू गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको जानकारी समेत दिए ।



    यस्तै, मन्त्री शर्माले अवैध रुपमा हुने कारोबार र राजश्व चुहावट रोक्न सरकार कडा रुपमा प्रस्तुत हुने बताए ।

    एमडीएमएस गत साउनदेखि नै लागू गर्ने घोषणा गरिएको थियो । तर अझै लागू हुन सकेको छैन । ठूलो मात्रामा अवैध मोबाइल भित्रिने क्रम नरोकिएको भन्दै व्यवसायीहरुले एमडीएमएस लागू तत्कालै गर्नुपर्ने भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार