काठमाडौं । सर्वोच्च अदालतको इतिहासमा पहिलोपटक गोलाप्रथाद्वारा ११ वटा इजलास गठन भएका छन् ।
पेसी व्यवस्थापन समितिका तर्फबाट बुधबार पहिलो पटक ११ इजलास गठन भएका हुन् । बुधबार ११ इजलासमा २१७ मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ ।
सर्वोच्च अदालतको संशोधित नियमावलीले व्यवस्था गरेअनुसार वुधबार पहिलो पटक गोला प्रथा प्रणालीबाट इजलास गठन गरिएको हो ।
गोला प्रथा प्रणाली लागु भए पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले आज पनि सर्वोच्च अदालत परिसरमा धर्ना दिएको छ।
बारले जबराको राजीनामा नआएसम्म आन्दोलन जारी रहने बताउदै आएको छ ।
Leave a Reply