Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपा महाधिवेशन: लिङ्देनलाई सहयोग गर्ने अध्यक्ष लोहनीको प्रतिबद्धता

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले पार्टीमा अब युवा पुस्ताको नेतृत्व अपरिहार्य भएको बताएका छन्।

राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लोहनीले पार्टीको आसन्न महाधिवेशनमा युवा पुस्तालाई नेतृत्व हस्तानन्तरण गर्न अध्यक्ष पदमा राजेन्द्र लिङ्देनलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अध्यक्ष लोहनीले देशभरबाट छनोट भएर महाधिवेशनमा आएका प्रतिनिधिमध्ये अधिकांशको चाहना र भावना युवालाई नेतृत्वमा पुर्याउने रहेको उल्लेख गर्दै त्यसलाई आफूले सम्मान गरेर अध्यक्ष पदमा लिङ्देनलाई सहयोग गर्ने बताए।

उनले अध्यक्षद्वय पशुपतिशम्शेर जवरा र कमल थापालाई पनि पार्टीमा अभिभावकीय भूमिका निर्वाह गरी नयाँ पुस्तालाई सहयोग गर्न आग्रह गरेका थिए ।

'युवा नेतृत्वले पार्टीलाई एकताबद्ध गरेर देश र जनताको हितमा क्रियाशील भई प्रजातान्त्रिक पद्धतिबाट पार्टीको मूल सिद्धान्तलाई व्यवहारमा कार्यान्वयन गर्छ,' उनले भने, 'पार्टीको संस्थागत विकास र सङ्गठनात्मक सुदृढिकरणका लागि पार्टीको नेतृत्वमा युवालाई पुर्याउनुपर्ने अहिलेको आवश्यकता हो ।'

करिब दुई वर्षअगाडि राप्रपा र राप्रपा (संयुक्त) को एकता भएपछि पहिलोपटक यही मङ्सिर १५ देखि १७ गतेसम्म काठमाडौँमा महाधिवेशन हुन लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077