Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले अध्यक्षमा पुन: केपी ओली निर्वाचित, रावलले पाए २२३ मत

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको अध्यक्षमा पुनः केपी शर्मा ओली विजयी भएका छन् ।

गत मङ्सिर १०देखि चितवनमा सुरु भएको १० औं राष्ट्रिय महाधिवेशनबाट केपी ओली पुनः चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

निर्वाचन समितिका सदस्य बाबुराम दाहालका अनुसार ओलीले १८०८ मत पाएर अध्यक्ष चुनिंदा ओलीका प्रतिद्वन्दी भीम रावलले २२३ मत पाएका छन् ।यद्यपि नतिजाको औपचारिक घोषणा गर्न नै रहेको छ।

सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि मंगलबार बिहान निर्वाचन भएको थियो । एमालेका २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको थियो।

यसअघि ओलीले नवौं महाधिवेशनमा निर्वाचित भएदेखि एमालेको नेतृत्व सम्हाल्दै आएका छन् । नवौं महाधिवेशनबाट रावल उपाध्यक्ष बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077