Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • अस्पतालले भन्यो- प्रधानन्यायाधीश राणाको स्वास्थ्य अवस्था सामान्य छ

    अस्पतालले भन्यो- प्रधानन्यायाधीश राणाको स्वास्थ्य अवस्था सामान्य छ

    अनलाइन नेपाल
  • मंगलबार, १४ मंसिर २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको स्वास्थ्य अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

    सोमबार साँझ कोभिड-१९ निमोनिया देखिएपछि सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा भर्ना भएका प्रधानन्यायाधीश जबराको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका चिकित्सक डा. प्रविण नेपालले जानकारी दिए।



    कोभिड निमोनिया देखिएपछि कोभिड प्रोटोकल अनुसारका औषधि सुरु गरेको ड़ा नेपालको भनाइ छ।



    प्रधानन्यायाधीश जबरालाई सोमबार कोभिड संक्रमण पुष्टि भएको थियो ।

    आइतबार प्रधानन्यायाधीश जबराका एक जना पारिवारिक सदस्यलाई संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका राणाले सोमबार दिउँसो स्वाब परीक्षण गराएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार