Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निर्वाचित पदाधिकारी र सदस्यहरुको सपथग्रहण चितवनमै

काठमाडाैं । नेकपा एमालेले १० औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुको सपथग्रहण चितवनमा नै गर्ने तयारी गरेको छ ।

एमाले नेता आनन्दप्रसाद पोखरेलका अनुसार शपथग्रहण कार्यक्रम मंगलबार दिउँसो २ बजेलाई गर्ने तयारी गरे पनि मत परिणाम आइनसकेका कारण केही ढिलाइ हुन गएको छ।

अहिले नेतृत्व चयनका लागि भएको मतदानको मतगणना यतिबेला जारी रहेको छ । विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने भनिएको छ।

एमालेमा दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077