Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेको निर्वाचनमा २११४ मत खस्यो, चार घण्टामा नतिजा आउने

चितवन। नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको मतदान सकिएको छ । नयाँ नेतृत्वका लागि भएको मतदानमा  कुल २१५३ मतदातामध्ये २११४ मत खसेको छ ।  अब मतदान सकिएसँगै मतगणनाको तयारी भइरहेको छ ।

अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्य पदका लागि आज मतदान भएको हो । एमालेको अध्यक्षमा केपी शर्मा ओली र भीम रावल प्रतिस्पर्धामा छन् ।

६ वटा पद भएको उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ, रामबहादुर थाप, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली भिड्दैछन् ।

७ सचिव पदमा पनि ओलीले पूर्व माओवादी टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, पूर्व माओवादी लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिस्ट र पद्मा अर्याललाई उम्मेदवार बनाएका छन् ।  एमाले नेता भीम आचार्य र टंक कार्कीले पनि सचिवमा उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077