Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अध्यक्षमा नजिते केन्द्रीय सदस्यमा नबस्ने भीम रावलको घोषणा

चितवन । नेकपा एमालेमा निवर्तमान उपाध्यक्ष भीम रावलले अध्यक्षमा नजिते आफू केन्द्रीय सदस्यमा नबस्ने घोषणा गरेका छन्।

चौतर्फी दबाबपछि पनि अध्यक्षमा उम्मेदवारी दिएका उनले आफू आफू अध्यक्षमा निर्वाचित नभए सदस्य पद स्वीकार नगर्ने बताएका हुन्। सदस्य पदमा उम्मेदवारी नदिएको र त्यो पद स्वीकार नगर्ने उनको तर्क छ।

रावलले अध्यक्षको हैसियतले पार्टी विधान अनुसार पार्टीलाई नेतृत्व दिएर राष्टिय राजनीतिलाई दिशा निर्देश गर्ने पनि जानकारी दिए। तर उम्मेदवारी नदिएको केन्द्रीय सदस्य नबस्ने उनको भनाई छ।

हाल अध्यक्षलगायत अन्य केही पदका लागि मतदान जारी छ। मतदानपछि रावलले आफूले परिणामलाई सहज रूपमा लिने बताए। मतदान मंगलबार बिहान २ बजे सुरु हुने भनिएपनि ४ बजेपछि मात्र सुरु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077