Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पहिलो पटक उम्मेदवारी घोषणा गर्दै थापाले भने–असहज महसुस गरिरहेको छु

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले पार्टी नफुटाउने सङ्कल्प गर्दै आसन्न महाधिवेशनमा अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रमबीच थापाले उम्मेदवारी घोषणा गरेका हुन् । २०७६ साल फागुन २६ गते तत्कालीन राप्रपा र राप्रपा संयुक्तका बीचमा एकीकरण भएको थियो । एकीकरणपछि पहिलोपटक मङ्सिर १५ गते राप्रपाको महाधिवेशन काठमाडौँमा हुँदैछ ।

कार्यक्रममा बोल्दै थापाले यो महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्ने जिकिर गरे । उनले भने–‘केवल नाम मात्रको होइन, मन वचन र कर्मले एकताको महाधिवेशन बनाउनुपर्छ । यो महाधिवेशनबाट एकता, सद्भाव र सहमतिको सन्देश दिनुपर्छ ।’

थापाले राप्रपाको इतिहासमा महाधिवेशनपछि पार्टी फुट्ने देखिएको हुँदा टुटफुटको शृङ्खला हुन नदिन र पार्टीलाई एकताबद्ध राख्न अपिलसमेत गरेका छन् । उनले भने–‘महाधिवेशनबाट फर्केर घर जाँदा राप्रपालाई कहिले फुट्न नदिने सङ्कल्प गरौं ।’

थापाले आफ्नो ३० वर्षे राजनीतिक यात्रामा यसभन्दा अघि पार्टीभित्र कहिले पनि भोट नमागेको र उम्मेदवारी पनि नदिएको स्मरण गरे । उनले भने–‘उम्मेदवारी नदिँदा पनि देशभरका साथीहरूबाट अत्यधिक बहुमत प्राप्त गरेँ । तर आज उम्मेदवारी घोषणा गर्ने र भोट पनि माग्नुपर्ने अवस्था आयो । यो परिस्थिति जन्य बाध्यता हो । मैले केही असहज महसुस पनि गरिरहेको छु ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077