Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यस्तो छ भीम रावलको उम्मेदवारी मनोनयन पत्र, प्रस्तावक र समर्थकमा को छन् ?

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले दशौं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी मनोनयन दर्ताको तयारी पूरा गरेका छन् ।

यद्यपि केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिका स्थगन तथा संशोधन गर्दा रावलको मनोनयन दर्ता हुन सकेको छैन । रावलले आफ्नो दाबीसहित भरिसकेको मनोनयन पत्र सार्वजनिक भएको छ ।

पत्रमा केन्द्रीय कमिटीको अध्यक्षका लागि विधान बमोजिम योग्यता पुगेको उल्लेख छ । रावलको उम्मेदवारीको प्रस्तावकमा महादेव बजगाइँ रहेका छन् भने समर्थन दुधकला विष्टले गरेका छन् ।

एमालेका दुबै कार्यकर्ता सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्छन् । रावलको मनोनयन पत्र केन्द्रीय निर्वाचन आयोगले दर्ता गरेर प्रमाणित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077