Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बुटवलमा करेन्ट लागेर एकको मृत्यु, एकजना घाइते

बुटवल । बुटवल उपमहानगरपालिका कार्यालयको निर्माणाधिन भवनको विद्युत् विस्तारका क्रममा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१२ घर भई हाल बुटवल–३ गोलपार्क बस्दै आएका ४७ वर्षीय बसन्त भुसाल रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख ठगबहादुर केसीले जानकारी दिए । करेन्ट लागेर घाइते भएका भुसालको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

करेन्ट लागेर सम्मरीमाई गाउँपालिकाका जीतेन्द्र लोध र बर्दियाको राजापुर नगरपालिकाका राजगोपाल चौधरी घाइते भएका छन् । दुवैको लुम्बिनी प्रादेशिक अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077