चितवन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता भीम रावल सहमतिमा आए वरिष्ठ उपाध्यक्ष दिने प्रस्ताव गरेका छन् ।
रावलले पार्टीको दशौं महाधिवेशनमा अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेर ब्याक नभएपछि ओलीले उनीसँग छलफल गरेका थिए ।
स्रोतका अनुसार रावलसँगको छलफलमा ओलीले रावल सहमतिमा आए वरिष्ठ उपाध्यक्ष दिन सकिने प्रस्ताव राखेका थिए।
ओलीले आफू बसेको होटल सफारी पार्कमा नेताहरुसँगको भेटलाई तिब्रता दिएका छन् ।
यस्तै, अध्यक्ष ओलीले नेता सुवास नेम्वाङलाई पनि बरिष्ठ उपाध्यक्षमा दाबी नगर्न आग्रह गर्दै राष्ट्रपतिको प्रस्ताव गरेको चर्चा छ।
Leave a Reply