Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओलीलाई दिइएको अधिकारप्रति भीम रावलको आक्रोश, ‘दुनियाँसामु कसरी मुख देखाउने’

चितवन । नेकपा एमालेको पदाधिकारी सर्वसम्मत चयन हुने सम्भावना टर्दै गएको छ। अन्य पदाधिकारीमा सहमतिमा नतेृत्व चयन भए पनि अध्यक्षका लागि भने निर्वाचन नै गर्नुपर्ने अवस्था देखिएको छ।

वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान उपाध्यक्ष भीम रावल अध्यक्षका दाबेदार हुन्। रावलले एक मत आए पनि आफू अध्यक्षमा लड्ने घोषणा गरिसकेका छन्। यससँगै एमालेको महाधिवेशनको बन्दसत्र पेचिलो बन्दै गएको छ।

बन्दसत्रमा पदाधिकारी र केन्द्रीय सदस्यको समेत नाम प्रस्तुत गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको भन्दै उपाध्यक्ष भीम रावलले आपत्ति जनाएका छन्।

ओलीलाई नामावली पेसको अधिकार दिएपछि समय लिएर उपाध्यक्ष रावलले विरोध गरेका हुन्। जबज मान्ने पार्टीले प्रतिस्पर्धा निस्तेज गरेर एक व्यक्तिलाई सर्वाधिकार दिइनु गलत भएको भन्दै रावलले आक्रोश पोखेका छन्।

‘जबज मान्ने तर निर्वाचनमा नमान्ने यो कस्तो व्यवस्था हो? एउटै व्यक्तिलाई सबै नाम प्रस्तुत गर्ने अधिकार दिनु आपत्तिजनक छ। यदि यस्तो हो भने दुनियाँसामु कसरी अनुहार देखाउने,’ रावलले भने।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077