चितवन । बिहान १० बजेदेखि सुरु हुने भनिएको नेकपा एमालेको १०औँ महाधिवेशनको बन्दसत्र बल्ल सुरु भएको छ ।
बन्दसत्र चितवनको होटल सेभेन स्टारमा निर्धारित समयभन्दा पाँच घण्टा ढिलो गरी सुरु भएको हो । बन्दसत्रको सञ्चालन महासचिव ईश्वर पोखरेलले गरेका छन् ।
केन्द्रीय पदाधिकारी र सदस्यहरूमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासका कारण बन्दसत्र लम्बिएको एमाले नेताहरूको भनाइ छ ।
बन्दसत्रलाई विदेशबाट बोलाइएका अथितिहरुले सम्बोधन गर्ने छन भने विभिन्न देशका नेताहरूबाट आएका शुभकामना सन्देस पढेर सुनाइने कार्यक्रम छ ।
Leave a Reply