Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • उपलब्धिको रक्षा गरी संस्थागत विकास गर्नुपर्छ : मन्त्री श्रेष्ठ

    उपलब्धिको रक्षा गरी संस्थागत विकास गर्नुपर्छ : मन्त्री श्रेष्ठ

    अनलाइन नेपाल
  • शुक्रबार, १० मंसिर २०७८
  • 1.5K
    SHARES

    काठमाढौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भएका उपलब्धिको रक्षा गरी संस्थागत विकास गर्नुपर्ने बताएकी छिन् ।

    नेकपा माओवादी केन्द्र काठमाडौँको तारकेश्वर नगर सम्मेलनको आज उद्घाटन गर्दै उनले जसको नीति उसको नेतृत्व हुन नसक्दा संविधान नै नष्ट गर्ने गरी कदम चालिएको भन्दै संविधानको रक्षा र उपलब्धिलाई संस्थागत गर्न सबैको दायित्व रहेको बताइन् ।



    मन्त्री श्रेष्ठले आफूले मन्त्रालय संहालेपछि भूमिहिन दलित, भूमिहिन सुकुम्वासीलाई व्यवस्थापन गर्न सरोकारवालासँग छलफल गरेर प्रक्रिया अगाडि बढाएको पनि जानकारी दिइन् ।



    मुक्त हलीया, कमैया, कमलरी र हरुवा चरुवाका समस्या समाधान गर्न कार्यदल बनाएर काम सुरु गरिएको भन्दै मन्त्री श्रेष्ठले संविधानमा व्यवस्था भएको पैत्तृक सम्पतिमा महिलाको हक सुनिश्चित गर्न अंशवण्डा गर्दा महिलालाई अनिवार्य उपस्थित गराउनुपर्ने व्यवस्था कार्यान्वयन गर्न देशभरका मालपोत कार्यालयमा निर्देशन जारी गरी सकिएको जानकारी गराइन् ।

    भूमिहीन, दलित, सुकुम्वासी, महिला, जनजाति, पीछडिएको क्षेत्र वर्गको अधिकार स्थापित गर्ने एजेण्डा आफ्नो पार्टीको रहेको रहेको भन्दै उनले भूमिहिनलाई भूमि दिएर उत्पादनमा जोड्ने र सहकारीलाई त्यसको लक्ष्य, उद्येश्य र मर्म अनुसार सञ्चालन गरेर रोजगारी सिर्जना गर्नेतर्फ आफ्नो मन्त्रालय सक्रिय पूर्वक लागेको बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार