Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुसी राष्ट्रपति पुटिन भारत आउँदै

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भारतको भ्रमण गर्ने भएका छन्। उनी आगामी डिसेम्बरमा भारत आउने पक्का भएको हो।

भारत—रूस बार्षिक सम्मेलनमा सहभागी हुन पुटिन डिसेम्बर ६ तारिखमा भारत आउने तय भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। उक्त अवसरमा रूसी राष्ट्रपति पुटिन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका बीचमा भेटवार्ता हुनेछ।

पछिल्लेपटक यी दुई शक्ति राष्ट्रका नेताबीच सन् २०१९ को नोभेम्बरमा ब्रासिलियामा भएको ब्रिक सम्मेलनका भेट भएको थियो। भारत भ्रमणका क्रममा राष्ट्रपति पुटिनले भारतीय उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने र दुई पक्षीय हित, साझा चासो र सरोकारका विषयमा छलफल गर्ने बताइएको छ।

“रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यही डिसेम्बर ६ तारिखमा भारतको औपचारिक भ्रमण गर्नुहुने भएको छ, त्यसका लागि उहाँ केन्द्रीय राजधानी नयाँ दिल्ली आउनुहुने भएको छ,’’ भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भने।

उनले २१ औँ भारत–रूस बार्षिक सम्मेलनमा सहभागी हुन पुटिन आउने र सो अवसरमा भारतीय उच्च अधिकारीहरूसँग भेट्ने कार्यक्रम रहेको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077