Online Nepal
  • बिहिबार, २५ पुष २०८१
  • डीएसपीबाट बढुवा भएका एसपीलाई दर्ज्यानी चिन्ह प्रदान

    डीएसपीबाट बढुवा भएका एसपीलाई दर्ज्यानी चिन्ह प्रदान

    अनलाइन नेपाल
  • शुक्रबार, १० मंसिर २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले प्रहरी उपरीक्षक (एसपी) पदमा पदोन्नति भएका ८ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

    शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच निमित्त आइजीपी शाहीले डीएसपीबाट एसपीमा बढुवा भएका ८ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।



    दर्ज्यानी चिन्हबाट सुशोभित हुने प्रहरी अधिकृतहरूमा प्रहरी उपरीक्षकहरू जनक बहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुन प्रसाद तिमिल्सिना, रामहरि पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाट रहेका छन् ।



    गृह मन्त्रालय सचिवस्तरको २०७८ मंसिर ९ गतेको निर्णयअनुसार उनीहरू डीएसपीबाट एसपी पदमा पदोन्नति भएका हुन्।

    उक्त अवसरमा निमित्त आईजीपी शाहीले संगठनको गहन एवम् महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने पदमा पदोन्नति भएकोमा बधाई दिँदै नयाँ जिम्मेवारी तथा पदीय गरिमालाई कायम राख्न उच्च मनोबलका साथ कार्यसम्पादन गर्नुपर्ने बताए ।

    पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई नेपाल सरकार र प्रहरी संगठनको नीति निर्देशन अनुसार बहन गर्नुपर्नेमा उनले जोड दिए।

    निमित्त आईजीपी शाहीले संगठनको श्रीवृद्धिका लागि सबै प्रहरी कर्मचारीहरुको भूमिका महत्वपूर्ण हुने चर्चा गर्दै कानूनले उपलब्ध गरेको अधिकार र दायित्वलाई कायम राखी नागरिकको सेवामा समर्पित हुन प्रहरी अधिकृतहरुलाई निर्देशन समेत दिए ।

    उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तब्य व्यक्त गर्दै एसपी जनक बहादुर शाहीले नयाँ जिम्मेवारीलाई व्यावसायिक निष्ठा र इमानदारिताका साथ उत्कृष्ट ढंगले कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गरे।

    कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार