Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

केपी ओली दृढ अडान र राष्ट्रवादी सोच भएका नेता हुन्: कमल थापा

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले एमालेलाई महाधिवेशन सुखद रुपमा सम्पन्न गर्न शुभकामना ब्यक्त गरेका छन्।

शुक्रबार अपरान्ह महाधिवेशनपछिको औपचारिक कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले अहिले मुलुक संकटमा परेको पनि बताए।

कार्यक्रममा २०६३ सालको राजनीतिक परिवर्तनपछिको अवस्थाबारे स्मरण गर्दै अध्यक्ष थापाले राजनीतिक परिवर्तनको उद्देश्यबारे गम्भीर छलफल गर्न एमाले प्रतिनिधिहरुलाई आग्रह गरेका छन्।

२०६३ सालको राजनीतिक परिवर्तन पश्चात् दिगो शान्ति, स्थायित्व र समृद्धिको लक्ष्य बोकेर राजनीतिक यात्रा प्रारम्भ गरेका थियौं,' थापाले भने, ' कहाँ जान भनेर हिँडेका थियौं, कहाँ आइपुगेका छौं ? यो प्रश्नलाई महाधिवशेनका प्रतिनिधिले गम्भीर छलफल गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।'

अध्यक्ष थापाले एमाले अध्यक्ष केपी शर्माको तारिफ समेत गरेका थिए। उनले ओली दृढ अडान र राष्ट्रवादी सोचको नेता भएको बताए । मुलुकको वर्तमान संकट हटाउनका लागि ओलीले भूमिका निर्वाह गर्नसक्ने थापाको भनाइ थियो ।

‌ओली पहिलो पटक प्रधानमन्त्री बन्दा राम्रा काम भएको भनेर प्रसंसा गरेका थापाले प्रधानमन्त्रीका रूपमा ओलीको दोस्रो कार्यकाल भने असफल भएको टिप्पणी गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077