काठमाडौँ । महानगरीय अपराध महाशाखाले काठमाडौंको तिलगंगाबाट ३३ लिटर रक्त चन्दनको तेलसहित १० जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा खोटाङका घनश्याम आलेमगर र जीवन थापा, तनहुँका सुदीप ठडराई, काठमाडौंका अनिलचरण श्रेष्ठ, अनुपकुमार श्रेष्ठ, यिक्रम श्रेष्ठ र मदन पोडे, सिन्धुलीका हेमकुमार श्रेष्ठ, मकवानपुरका मंगलसिंह लो र काभ्रेका कर्साङ लामा रहेको महाशाखाका एसपी कृष्ण कोइरालाले जानकारी दिए।
एसपी कोइरालाका अनुसार बिहीबार साँझ ३३ लिटर रक्त चन्दनको तेलसहित उनीहरुलाई पक्राउ गरिएको हो।
तस्करबाट संकलन गरिएको उक्त तेल प्रतिलिटर ५ लाख रुपैयाँका दरले बिक्री गर्न लागिएको अनुसन्धानमा देखिएको महाशाखाको भनाइ छ।
माहाशाखाका अनुसार एक लिटर रक्त चन्दनको तेल २ देखि ३ लाखमा बिक्री हुन्छ । रक्तचन्दन नेपालबाट चीनतर्फ तस्करी हुँदै आएको छ ।
महाशाखाले पक्राउ परेका १० जनाविरुद्ध अनुसन्धान अगाडि बढाएको एसपी कोइरालाले बताए।
Leave a Reply