Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • चोलेन्द्रविरुद्धको विवादबारे छिट्टै निकास निकाल्छु: प्रधानमन्त्री देउवा

    चोलेन्द्रविरुद्धको विवादबारे छिट्टै निकास निकाल्छु: प्रधानमन्त्री देउवा

    अनलाइन नेपाल
  • शुक्रबार, १० मंसिर २०७८
  • 1.3K
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध जारी विवादबारे छिट्टै निर्णय गर्ने बताएका छन्।

    शुक्रबार बालुवाटारमा आन्दोलनरत नेपाल बार एसोसिएसनका पदाधिकारीहरुसंगा को छलफलमा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्। प्रधानमन्त्री देउवाले यसबारे आफू जानकार रहेको र छिट्टै निकास निकाल्ने बताएको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए।



    ‘प्रधानमन्त्रीले सत्तारुढ गठबन्धनममा रहेका दलहरूसँग सल्लाह गरेर छिट्टै निकास हुने कुरामा विश्वास दिलाउन चाहन्छु भन्नुभएको छ,’ श्रेष्ठले भने । ‘हामीले अब उहाँको बहिर्गमनको विकल्प छैन, उहाँ बाहिरिनुपर्छ भनेका थियौं, श्रेष्ठले भने ।



    प्रधानमन्त्रीसँग प्रधानन्यायाधीशबारे छलफल गर्न बारका अध्यक्ष श्रेष्ठ, सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य, बारका  लिलामणि पौडेल, बारका पदाधिकारी, वरिष्ठ अधिवक्ताहरू दमननाथ ढुंगाना, बद्रिबहादुर कार्की, प्रेमबहादुर खड्का, शम्भु थापा, रमन श्रेष्ठ, हरिहर दाहाल, सतीशकृष्ण खरेललगायतका अधिवक्ताहरुको सहभागिता रहेको थियो।

    छलफलपछि उनीहरुले प्रधानन्यायाधीशलाई पदबाट हटाउन सहयोग गरिदिन आग्रह गर्दै प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र पनि बुझाएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार