Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • देशभर चिसो बढ्ने क्रम जारी, यस्तो छ ३ दिनको मौसम

    देशभर चिसो बढ्ने क्रम जारी, यस्तो छ ३ दिनको मौसम

    अनलाइन नेपाल
  • शुक्रबार, १० मंसिर २०७८
  • 2K
    SHARES

    काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागहरुमा आंशिक देखी सामान्य बदली रही बाँकी भु–भागमा मौसम सामान्यतया सफा रहेको छ।

    २०७८ मंसिर १० गते (शुक्रबार)



    दिउँसो : प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागहरुमा आँशिक देखी सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु–भागहरुका एक–दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।



    राती : देशका पहाडी भू–भागहरुमा आँशिक देखी सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु–भागहरुका एक–दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

    २०७८ मंसिर ११ गते (शनिबार)

    दिउँसो : प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागहरुमा आँशिक देखी सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु–भागहरुका एक–दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

    राती : देशका पहाडी भू–भागहरुमा आँशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु–भागहरुका एक–दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

    २०७८ मंसिर १२ गते (आईतबार)

    दिउँसो : प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागहरुमा आँशिक देखी सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु–भागहरुका एक–दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

    राती : देशको अधिकांश भू–भागहरुमा आँशिक बदली रहने छ ।
    त्यस्तै, देशका प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु–भागका एक–दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहनुको साथै देशभर चिसो वढ्ने क्रममा समेत रहने देखिएकोले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार