Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • छाङरू र टिंकरमा जनगणना सम्पन्न : कालापानी र लिम्पियाधुरा बाँकी, गणकहरु हेलिकोप्टरबाट फिर्ता

    छाङरू र टिंकरमा जनगणना सम्पन्न : कालापानी र लिम्पियाधुरा बाँकी, गणकहरु हेलिकोप्टरबाट फिर्ता

    अनलाइन नेपाल
  • बिहिबार, ९ मंसिर २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । केन्द्रीय तथ्यांक विभागले तोकिएको समयमै जनगणना सम्पन्न गरेको छ। कालापानी र लिम्पियाधुराबाहेकको जनगणना संकलन कार्य सकिएको विभागले जानकारी दिएको छ।

    विभागले कात्तिक २५ गतेदेखि सुरु गरेको जनगणना संकलन कार्य तोकिएकै समयमा सकाएको हो। मंसिर मसान्तसम्ममा सबै जिल्लाबाट जनगणनासहितको विवरण भरिएको प्रश्नावली केन्द्रमा ल्याइने छ। देशभर गणक र सुपरिवेक्षक परिचालन गरी जनगणना सुरु गरेको थियो।



    विभागका निर्देशक तीर्थराज चौलागाईंका अनुसार गणकले सबैतिरको तथ्यांक संकलन गरी विभागको सर्भर र प्रश्नावलीमा विवरण संकलन गरेका छन्। लिपुलेक क्षेत्रका छाङरू र टिंकर गाउँको पनि जनगणना भएको उनले जानकरी दिए।



    त्यहाँ गणकहरू भारतीय नाका हुँदै पुगेका थिए। सडक सञ्जाल अप्ठेरो र सुरक्षाको हिसाबले जोखिमपूर्ण भएकोले विभागले हेलिकोप्टरमार्फत गणकलाई बिहीबार फर्काएको निर्देशक चौलागाईंले बताए।

    कालापानी र लिम्पियाधुरा क्षेत्रका नाभिडाङ, गुन्जी, नाभी, कुटीलगायत गाउँको जनगणना बाँकी छ। यी क्षेत्रमा भारतीय सुरक्षाकर्मी तैनाथ गरिएका कारण त्यहाँ गणकलाई पठाउन जोखिम भएको बताइएको छ।

    निर्देशक चौलागाईंका अनुसार बाँकी क्षेत्रमा अन्य तरिकाबाट जनगणना गरिने छ। उनले कालापानी र लिपुलेक क्षेत्रका घर संख्याको तथ्यांक विभागसँग रहेकोले त्यसको आधारमा प्रविधिको सहायतामा जनगणना गरिने जानकारी दिएका छन्।

    तथ्यांक विभागले तीन महिनाभित्र जिल्लागत जनसंख्या सार्वजनिक गर्ने बताएको छ। त्यस्तै, एक वर्षभित्र मुख्य तथ्यांक सार्वजनिक गरिनेछ। ०७९ सम्ममा मुख्य प्रतिवेदन प्रकाशित गरिने चौलागाईले जानकारी दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार