Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • फुलकोर्ट: मङ्सिर १५ देखि गोला प्रथा लागु गर्ने सर्वोच्चको निर्णय

    फुलकोर्ट: मङ्सिर १५ देखि गोला प्रथा लागु गर्ने सर्वोच्चको निर्णय

    अनलाइन नेपाल
  • बिहिबार, ९ मंसिर २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं।  सर्वाेच्च अदालतले यही मङ्सिर १५ गतेदेखि गोलाप्रथाबाट मुद्दाको पेसी तोक्ने निर्णय गरेको छ । बिहीबार बसेको न्यायाधीशहरुको फुलकोर्ट बैठकले मंसिर १५ गतेदेखि गोलाप्रथाबाट मुद्दाको पेसी तोक्ने निर्णय गरेको हो ।

    गोलाप्रथासम्बन्धी नियमावली सोमबार राजपत्रमा प्रकाशित भएपछि बिहीबार फुलकोर्ट बैठक बसेर त्यसलाई कार्यान्वयन गर्ने गरी १५ मंसिरबाट लागु गर्ने निर्णय गरेको हो।गोला प्रथाबाट पेसी तोक्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा राजी भएपछि १९ जना न्यायाधीश इजलासमा फर्किएका थिए ।



    प्रधानन्यायाधीश जबराले न्यायालयको गरिमा कायम राख्न नसकेको, कुनै अमुक मुद्दा निश्चित न्यायाधीशको मात्र इजलासमा राखेर भनेअनुसारको फैसला गर्न लगाएको, मन्त्रिपरिषद सदस्यको भागबण्डामासमेत मुछिएको लगायतका आरोप खेप्दै आएका छन् ।



    यता गत कार्तिक १४ गतेदेखि प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएशनले दिनहुँ सर्वोच्च परिसरमा प्रदर्शन गर्दै आएको छ। बारले यसअघि हिजो बुधबार मुलुकभरका उच्च अदालतहरुमा पनि जबराको राजीनामा माग्दै प्रदर्शन गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार