Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • भूपेन्द्र हत्या प्रकरणले लियो अर्कै मोड, पेस्तोल र दुई मोटरसाइकलसहित रिसोर्टका सञ्चालक पक्राउ

    भूपेन्द्र हत्या प्रकरणले लियो अर्कै मोड, पेस्तोल र दुई मोटरसाइकलसहित रिसोर्टका सञ्चालक पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ९ मंसिर २०७८
  • 1.9K
    SHARES

    धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले भुपेन्द्र बडुवाल हत्या प्रकरणमा अनुसन्धान जारी रहेको बताएको छ ।

    प्रहरीले अनुसन्धानको क्रममा हत्यामा प्रयोग भएको भनिएको दुई मोटरसाइकल र एक स्कुटरमध्य प्रहरीले २ मोटरसाइकल फेला पारेको छ । मोटरसाइकलसंगै प्रहरीले घटनामा सघाएको आरोपमा थप एक जनालाई पनि पक्राउ गरेको छ ।



    यसअघि प्रहरीले गत सोमबार भुपेन्द्रको हत्यामा संलग्न रहेको आरोपमा चिसापानीका १९ वर्षीय मदन शाहीलाई पक्राउ गरेको थियो। शाहीपछि प्रहरीले रोयर एडभेन्चर रिसोर्टका सञ्चालक अतिश थापालाई पनि पक्राउ गरेको हो ।



    प्रहरीले उनको रिसोर्टबाट घटनामा प्रयोग भएको भनिएका दुई मोटरसाइकल फेला पारेसँगै अतिशले घटनामा संलग्नहरूलाई भाग्न सहयोग गरेको देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    यस्तै, कैलालीको टीकापुरस्थित सिद्धार्थ होटेलबाट पनि प्रहरीले घटनामा प्रयोग भएका दुई पेस्तोल फेला पारेको जनाएको छ । बरामद भएको पेस्तोल घटनामा फरार रहेका नवीन रावल समूहको भएको प्रहरी स्रोतको दाबी छ।

    गत कात्तिक २३ गते राति टीकापुर नगरपालिका–१ सिद्धार्थ होटल नजिकै लम्कीका भूपेन्द्रको हत्या भएको थियो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले अहिलेसम्म १० जनालाई पक्राउ गरिसकेको छ । यद्यपि प्रहरीले भूपेन्द्रको हत्याको ठोस कारणअझै पत्तो लगाउन सकेको छैन ।

    यस बिषयमा प्रहरीको केन्द्रीय अनुशन्धान ब्युरो (सीआईबी)को टोलीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार