Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • सर्वाेच्चको फुलकोर्ट बस्दै, गोला प्रथा प्रणालीकाे मिति तय हुने

    सर्वाेच्चको फुलकोर्ट बस्दै, गोला प्रथा प्रणालीकाे मिति तय हुने

    अनलाइन नेपाल
  • बिहिबार, ९ मंसिर २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सर्वाेच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) आज (बिहीबार) बस्दैछ । बैठकले इजलास तोक्न गोलाप्रथा प्रणाली लागू गर्ने मिति तय गर्नेछ ।

    यसअघिको फुल कोर्टले गोलाप्रथाबाट इजलास तोक्न सर्वोच्च अदालत नियमावलीमा संशोधन गरेर गोलाप्रथाको कार्यविधि पारित गरेको थियो । उक्त नियमावली राजपत्रमा प्रकाशित भइसकेको छ ।



    आजको बैठक पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा बिना नै बस्न लागेको हो । न्यायाधीश ईश्वरप्रसाद खतिवडा बिदामा रहेकाले बाँकी १८
    न्यायाधीशको बैठक बस्नेछ ।



    प्रधानन्यायाधीश जबराले न्यायालयको गरिमा कायम राख्न नसकेको, कुनै अमुक मुद्दा निश्चित न्यायाधीशको मात्र इजलासमा राखेर भनेअनुसारको फैसला गर्न लगाएको, मन्त्रिपरिषद सदस्यको भागबण्डामासमेत मुछिएको लगायतका आरोप खेप्दै आएका छन् ।

    यता गत कार्तिक १४ गतेदेखि प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएशनले दिनहुँ सर्वोच्च परिसरमा प्रदर्शन गर्दै आएको छ। बारले यसअघि हिजो बुधबार मुलुकभरका उच्च अदालतहरुमा पनि जबराको राजीनामा माग्दै प्रदर्शन गरेको थियो।

    यसैबीच, आन्दोलनरत बार र बृहत नागरिक समाजसहितका ७ संस्थाहरुले प्रधानन्यायधीशबिरुद्ध आज दिउँसो सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्ने जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार