जनकपुरधाम । प्रदेश २ प्रदेशसभाको आठौं अधिवेशन आगामी मंसिर २९ गतेका लागि बोलाइएको छ ।
बुधबार प्रदेश प्रमुख हरिशंकर मिश्रले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गरेका प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
मंसिर २९ गते बिहान ११ बजे प्रदेश सभाका सबै सदस्यहरुलाई उपस्थित हुन जानकारी गराइएको प्रदेश सभा सचिवालयका सचिव रञ्जित कुमार यादवले जानकारी दिए ।
यसअघि प्रदेश सभाको सातौं अधिवेशनमा तीनवटा बैठक मात्र बसेको थियो । आठौं अधिवेशनमा भने प्रदेशको नाम र राजधानी तय गर्ने सरकारको तयारी रहेको बताइएको छ ।
Leave a Reply