Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • सर्लाहीमा टाटासुमोको ठक्करबाट दुई युवकको मृत्यु

    सर्लाहीमा टाटासुमोको ठक्करबाट दुई युवकको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ८ मंसिर २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    सर्लाही  । टाटासुमोको ठक्करबाट सर्लाहीमा दुई जनाको मृत्यु भएको छ ।

    मंगलबार साँझ बागमती नगरपालिका वडा नम्वर १० केराबारी स्थित कर्मैयाबाट बरहथवातर्फ जाँदै गरेको बिआर ०५ पिए ७१९९ नम्बरको टाटासुमो बिपरित दिसाबाट आउँदै गरेको ज १२ प ९९०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । टाटासुमोको ठक्करबाट दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।



    मृत्यु हुनेमा सर्लाहीको हरिवन नगरपालिका वडा नम्वर ७ का २५ वर्षीय देब मोक्तान र २३ वर्षीय मिलन ब्लोन रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।



    टाटासुमोको ठक्करबाट मोटरसाइकलमा सवार घाइते भएका मोक्तानको नमुना अस्पताल हरिवनमा लग्दा चिकित्सकले मृत घोषणा गरेको थियो ।

    त्यस्तै ब्लोनको दुबै हातखुट्टामा चोट लागि गम्भिर रहेकोमा वीरगंज रिफर गर्दा गण्डक हेल्थ केयरमा पुग्दा चिकित्सकले मृत घोषणा गरेको प्रहरी प्रवक्ता बुढाथोकीले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार