Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बढुवा भएका आठ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा पदोन्नति भएका ८ जना वरिष्ठ प्रहरी अधिकृतहरूलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

दर्ज्यानी चिन्हबाट सुशोभित हुनेहरूमा एसएसपीहरू बिकाश राज खनाल, सुदिप राजभण्डारी, अनुराग कुमार द्विबेदी, राजेन्द्र सिंह खड्का, योग बहादुर पाल, टिका बहादुर केसी, ध्रुबराज राउत र भोला बहादुर रावल रहेका छन् ।

गृहमन्त्रालयको मंसिर ७ गतेको निर्णयअनुसार उनीहरू एसपीबाट एसएसपी पदमा बढुवा भएका हुन्। उक्त अवसरमा निमित्त प्रहरी महानिरीक्षक शाहीले पदोन्नति भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नति पश्चात प्राप्त जिम्मेवारीलाई थप सजग र ईमानदार भई कार्यसम्पादन गर्नुपर्ने बताए । पदोन्नतिले जिम्मेवारीका साथै सामाजिक प्रतिष्ठा बढ्ने भएकोले यसलाई कायम राख्न उनले आग्रह गरे ।

निमित्त प्रहरी महानिरीक्षक शाहीले संगठनको विकास र थप उन्नतिका लागि नविन कार्ययोजनाका साथ योजनावद्ध रुपमा अगाडि बढ्नुपर्ने उल्लेख गरे । वरिष्ठ प्रहरी अधिकृतहरूले मातहत प्रहरी कर्मचारीलाई समेत उत्प्रेरित हुने गरी हौसला प्रदान गर्नुपर्नेमा उनले जोड दिए।

उक्त अवसरमा बढुवा भएका अधिकृतहरूको तर्फबाट मन्तब्य व्यक्त गर्दै एसएसपी बिकाश राज खनालले  प्राप्त जिम्मेवारीलाई ईमानदार एवं उर्जाशील भई व्यावसायिक निष्ठाका साथ आफ्नो अनुभव, ज्ञान, सीप, क्षमता प्रयोग गरी उत्कृष्ट ढंगले कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077