Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • जसपाको कार्यकारिणी बैठक: मुख्यमन्त्री राउतको राजीनामा माग

    जसपाको कार्यकारिणी बैठक: मुख्यमन्त्री राउतको राजीनामा माग

    अनलाइन नेपाल
  • बुधबार, ८ मंसिर २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    रामनारायण यादव / जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठकमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरिएको छ ।

    कार्यकारिणी समितिको बैठकमा केही सदस्यहरुले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेका हुन् ।केही दिन अघि पार्टीमा छलफल नै नगरी मन्त्री हटाउने तथा नियुक्त गर्ने काम गरेको भन्दै मुख्यमन्त्री राउतको राजीनामा माग गरिएको हो ।



    मुख्यमन्त्री राउतले बर्खास्त गरेका रामनरेश रायले आफूलाई पार्टीमा छलफल नगरी बिना कारण मन्त्री पदबाट हटाएर आफ्नो अपमान गरिएको गुनासो गरे ।



    बैठकमा डा.बाबुराम भट्टराई र महेन्द्र यादव पक्षधर केही नेताले समेत मुख्यमन्त्री राउतको राजीनामा माग गरेको पार्टी स्रोतको दाबी छ । उनीहरुले पार्टी अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीप्रति पनि असन्तुष्टि जनाएका छन् ।

    बैठकमा नेताहरुले अध्यक्ष यादव पार्टीभित्र एक पक्षीय रुपमा अगाडि बढ्न थालेको भन्दै आलोचना गरेको पार्टी श्रोतको दाबी छ । स्रोतका अनुसार पार्टीभित्र विधि तथा पद्धतिको मजाक उडाइएको नेताहरुको आरोप थियो ।

    बैठकमा हिसिला यमी, नवराज सुवेदी, रामनरेश राय यादवले पार्टीमा संस्थागत निर्णयबिना अगाडि बढ्ने परिपाटीको विकास हुँदै जानु पार्टीकै भविष्यका लागि घातक हुने बताए ।

    जसपा नेतृ हिसिला यमीले पार्टीमा विधि अनुशरणको अभाव देखिएको भन्दै प्रदेश सरकारबाट मन्त्री हटाउने कार्य स्वेच्छाचारिकताको उदाहरण भएको बताइन् ।

    बैठकमा मुख्यमन्त्री लालबाबु राउतले भने आफ्नो बचाउ गरेको एक नेताले बताए । जसपाको कार्यकारिणी समितिको बैठक बुधबार समेत जारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार