Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • चोलेन्द्रविरुद्ध देशभरका उच्च अदालतमा बारको प्रदर्शन, अधिवक्ताहरु कहाँ-कहाँ पुगे ?

    चोलेन्द्रविरुद्ध देशभरका उच्च अदालतमा बारको प्रदर्शन, अधिवक्ताहरु कहाँ-कहाँ पुगे ?

    अनलाइन नेपाल
  • बुधबार, ८ मंसिर २०७८
  • 1.3K
    SHARES

    काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलनरत रहेको नेपाल बार एसोसिएसनले मुलुकभरका १८ उच्च अदालतमा बुधबार विरोध प्रदर्शन गरिरहेको छ ।

    बारका महासचिव लिलामणी पौडेलका अनुसार बिरोध प्रदर्शनका लागि केन्द्रबाट प्रतिनिधि खटिएका छन्। प्रतिनिधिहरुले किन प्रधानन्यायाधीशको राजीनामा माग्नुपरेको हो भन्ने कुरा स्पष्ट पार्न पौडेलले बताए।



    पौडेलका अनुसार प्रदर्शनका लागि ललितपुर पाटन उच्च अदालतमा केन्द्रीय अध्यक्ष चण्डेश्वर श्रेष्ठ र उच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्य लगायतको सहभागिता रहेको छ ।



    त्यस्तै, वरिष्ठ अधिवक्ताहरू शम्भु थापा र तुलसी भट्ट पोखरा पुगेका छन् । बारका महासचिव पौडेल जनकपुर पुगेका छन् । वीरगन्ज उच्च अदालतमा विरोध प्रदर्शन गर्नका लागि वरिष्ठ अधिवक्ता हरिहर दाहाल, अधिवक्ता भीमसेन बन्जरालगायत पुगेका छन् ।

    इलाम उच्च अदालतमा कुमार शर्मा आचार्य र खिमानन्द अधिकारी, धनकुटा उच्च अदालतमा केन्द्रीय उपाध्यक्ष मानबहादुर रुम्जाली राई र अधिवक्ता मोहन इङ्नाम, हेटौंडा उच्च अदालतमा पूर्वमहासचिव विजय मिश्र र भुवन निरौला, बुलबलमा सविता भण्डारी बराल र बालकृष्ण गैरेका साथै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी रहेका छन्।

    सुर्खेत उच्च अदालतमा उपाध्यक्ष रक्षा बस्याल, दाङ तुलसीपुरमा उपाध्यक्ष ईश्वरी भट्टराई, जुम्लामा मीनबहादुर महत, महेन्द्रगर उच्च अदालतमा उमेश विष्ट र प्रयागदत्त भट्टलाई पठाइएको पौडेलले जानकारी दिए ।

    यसैगरी, नेपालगन्ज उच्च अदालतमा वरिष्ठ अधिवक्ताहरू प्रेमबहादुर खड्का र रमन श्रेष्ठ, राजविराजमा रामचन्द्रसिंह राजपूत र वरिष्ठ अधिवक्ता एकराज भण्डारी, ओखलढुंगामा गंगासागर खत्री र अञ्जु कायस्थ, बागलुङमा सुरेन्द्र थापामगर पुगेका छन् ।

    प्रधानन्यायाधीश जबरामाथि मन्त्रिपरिषद विस्तारमा भाग खोजेको, सर्वोच्च अदालतका मुद्धाहरुमा बिचौलियाहरुसँग साँठगाँठ गरेको लगायतका आरोपहरु लगाउँदै बारेले गत कार्तिक १४ गते देखि दिनहुँ प्रदर्शन गर्दै आएको छ।

    बारले भोली सर्वोच्च अदालतको गेटदेखि बालुवाटारसम्म मार्चपास गर्ने पनि घोषणा गरिसकेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार