जनकपुरधाम । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेको चुनाव चिह्न सूर्यमा ग्रहण लागिसकेको बताएका छन् ।
बुधबार जनकपुरधाममा प्रदेश पार्टी कार्यालय उद्घाटन गर्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण सूर्यमा ग्रहण लागेको बताए।
'सूर्यको धाक नदेखाए हुन्छ, सूर्यमा ग्रहण लागिसकेको छ, अध्यक्षकै कारण ग्रहण लाग्यो,' अध्यक्ष नेपालले भने, 'अब कलम चम्किरहेको छ।
यस्तै, उद्घाटनपछिको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले निर्वाचनपछि एमाले चोइटिएर जाने दाबी समेत गरे।
चुनावपछि एमालेको अवस्था ‘विचारा’, ‘बिजोग’ र ‘बेहाल’ हुने उनको भनाइ छ।आफ्नो पार्टीको शक्ति देखेर एमाले अध्यक्ष ओली आत्तिएको उनले बताए ।
सात प्रदेशमध्ये २ वटामा आफ्नो पार्टीको मुख्यमन्त्री रहेको भन्दै अध्यक्ष नेपालले एमाले भन्दा आफूहरु ठूलो भएको दाबी गरे।