Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

धनुषामा गुडिरहेको विंगरको ढोकाबाट लडेर विद्यार्थीको मृत्यु


रामनारायण यादव/ जनकपुरधाम   । धनुषामा गुडिरहेको विंगरबाट लडेर एक विद्यार्थीको मृत्यु गएको छ ।


धारापानी बहुमुखी क्याम्पसमा बीबीएस पहिलो वर्षमा अध्ययनरत्त धनुषाधाम नगरपालिका वडा नम्वर ७ भगवानपुरीका १८ वर्षीया पूजाकुमारी महतोको बुधबार बिहान मृत्यु भएको प्रहरीले जनाएकाे छ ।


बुधबार बिहान ७ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना १ ज ७०४९ नम्बरको विंगरको ढोका छेउबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षश प्रदीप सुवेदीले जानकारी दिए ।


गुडिरहेको बेला ढोका छेउबाट लड्दा पूजाको टाउकोमा बेस्सरी चोट लागेकोले घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।उनी कलेजबाट कुनैकामको लागि ढल्केबर तर्फ आउन लागेको बेला दुर्घटनामा परि मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।


पुजाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको र विंगर चालकलाई नियन्त्रणमा लिएर घटनाकाे विषयमा थप अनुन्धान भई रहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077