Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी नेता टंकमणिको सवारी दुर्घटनामा मृत्यु

तिलोत्तमा । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद बन्जाडे (टंकमणि) को मृत्यु भएको छ। उनको सवारी दुर्घटनामा परी मृत्यु भएको हो ।

दाङबाट बुटवल आउने क्रममा गएराति ८ बजे पूर्वबाट पश्चिम जाँदै गरेको ना ७ ख ९०६ नम्बरको बसले बन्जाडे सवार लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। त्यसपछि घाइते भएका उनको बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो ।

दाङमा घाइते अपांगको बैठकमा सहभागी भएर फर्कंदै गर्दा बुटवल जितगढीमा दुर्घटना भएको थियो । उनी माओवादीको सशस्त्र द्वन्द्वदेखि नै भूमिगत राजनीतिमा होमिएका थिए । सहिद स्मृति प्रतिष्ठान बुटवलका अध्यक्षसमेत रहेका बन्जाडे माओवादी केन्द्र रुपन्देहीका इन्चार्जसमेत थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077