Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

न्युरोसर्जन डा. लोहनी आफैँले बेहोस हुने औषधि लिएको पाइयो : प्रहरी

काठमाडौं । बेहोस अवस्थामा फेला परेका काठमाडौँको टोखा निवासी एक चिकित्सकको मृत्यु भएको छ ।

ग्राण्डी टावरको माथिल्लो तलामा रहेको आफ्नै कोठामा सोमबार बेहोस अवस्थामा फेला परेका न्युरोसर्जन डा सुवास लोहनीको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । लोहनी नेशनल न्यूरो सेन्टरमा कार्यरत थिए।

महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरका अनुसार शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा ल्याइएको छ । डा लोहनी आफैँले बेहोस हुने औषधि लिएको पाइएको प्रहरीले जनाएको छ ।

“ओभरडोज भएर मृत्यु भएको जस्तो देखिन्छ”, एक प्रहरीले भने, “सुसाइड नोटसमेत फेला परेकाले आत्महत्या गरेको अनुमान गरिएको छ ।” उनले शव परीक्षणको प्रतिवेदन आएपछि कारण यकिन हुने पनि बताए ।

सोमबार दिउँसो १ बजेसम्म फोन गर्दा ठीक रहेको र तीन बजे बेहोस अवस्थामा फेला परेको परिवारको भनाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ । उनमा एक हप्ता अघि मात्रै कोभिड–१९ को सङ्क्रमण भएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा केही अघिदेखि नै डा लोहनी एक्लै बोल्ने, बस्ने गरेको पाइएको छ । साहित्य क्षेत्रमा समेत रुचि राख्ने डा लोहनी सञ्चारमाध्यममा लेखसमेत लेख्थे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077