Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लहानमा सेनाको युनिफर्म लगाएका युवकको शव फेला

रामनारायण यादव / सिरहा  । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको लहान नगरपालिका वडा नम्वर ११ पडरियामा एक पुरुषको शव फेला परेको छ ।

सडक छैउमै सुन्तला रंगको भेष्ट र सेनाको युनिफर्म जस्तो पाइन्ट लगाएको पुरुषको शव आज विहान फेला परेको हो ।

प्रहरीका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन । घटनास्थल पुगेर प्रहरीले अनुसन्धान थालेको जनाएको छ।

ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी डा तपन दाहालले शव फेला परेको विषयमा अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077