काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा साविक विजेता मछिन्द्र क्बलले न्युरोड टिम (एनआरटी) लाई २–१ ले पराजित गरेको छ ।
सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा सुनिल बलको दुई गोलले मछिन्द्रलाई जित दिलायो ।
राष्ट्रिय टोलीका स्टारले भरिएको टोली मछिन्द्रको जितमा यसैपाली क्ल्बमा भित्रिएका विङ्गर सुनिल बलले दुई गोल गरे । च्यासल युथ क्लबबाट गत सिजनको लिग खेलेका सुनिल यसै सिजन मछिन्द्र आएका हुन् ।
मिडफिल्डर विशाल राईले १२औं मिनेटमा दिएको सुन्दर पासमा सुनिल बलले एनआरटीका डिफेन्डरलाई रनिङमा सहजै बिट गर्दै उत्कृष्ट गोल गरेका थिए ।
दोस्रो हाफको ५४औं मिनेटमा एरक विष्टको गोलबाट एनआरटीले खेलमा बराबरी गरेको थियो । मछिन्द्रका सेन्टर ब्याक देवेन्द्र तामाङले एनआरटीका स्टेफन समिरमाथि फाउल गरेपछि पाएको फ्रि–किकलाई एरिक विष्टले ३० यार्ड टाढाबाट डाइरेक्ट फ्रि–किकलाई गोलमा परिणत गरेका थिए ।
खेलको अन्तिम १० मिनेट बाँकी रहँदा सुनिलले पुनः गोल गर्दै मछिन्द्रको जित सुनिश्चित गरे ।
Leave a Reply