Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एनआरएनएको निर्वाचनमा परराष्ट्रको हस्तक्षेप, पन्त नेतृत्वको कमिटी नै विघटन

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन प्रक्रियामाथि परराष्ट्र मन्त्रालयले फेरि हस्तक्षेप गरेको छ। मन्त्रालयको हस्तक्षेपपछि एनआरएनए निर्वाचन अनिश्चित भएको छ।

यसअघि एनआरएनएले निर्वाचन मंसिर २९ (डिसेम्बर १५) मा गर्ने तालिका सार्वजनिक गरिएको थियो। एनआरएनएको निर्वाचन समय तालिका परराष्ट्रले दोस्रो पटक स्थगित गरिदिएको हो ।

सुरुमा एनआएनएको निर्वाचन समय तालिका कात्तिक ३ गतेका लागि तोकिएको थियो । महाधिवेशन प्रतिनिधिहरुको विवाद रहेको भन्दै परराष्ट्रले उक्त निर्वाचन प्रक्रिया स्थगित गर्न निर्देशन दिएको थियो ।

परराष्ट्रले हाल कुमार पन्त नेतृत्वको कार्यसमिति पनि विघटन गरेकाे छ ।एनआरएनए उच्च स्राेतका अनुसार मन्त्रालयले एनआरएनएलाई एक पत्र पठाउँदै वर्तमान कमिटीलाई विघटन गरी निर्वाचन संरक्षक समितिलाई नयाँ निर्वाचन गराउन अधिकार प्रत्यायोजन गरेको छ ।

प्रतिनिधि चयनमा धाँधली भएको भन्दै कुल आचार्य पक्षले मन्त्रालयमा उजुरी दिएपछि परराष्ट्रले यसअघि निर्वाचन प्रक्रिया रोक्न निर्देशन दिएको थियो भने त्यसपछि पन्तले ६ महिना आफ्नो कार्यकाल लम्ब्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077