Online Nepal
  • बुधबार, १० पुष २०८१
  • बारको ज्ञापनपत्र बुझ्दै सुवास नेम्वाङले भने- चोलेन्द्रलाई महाअभियोग लगाउने प्रस्ताव पार्टीमा राख्छु

    बारको ज्ञापनपत्र बुझ्दै सुवास नेम्वाङले भने- चोलेन्द्रलाई महाअभियोग लगाउने प्रस्ताव पार्टीमा राख्छु

    अनलाइन नेपाल
  • सोमबार, ६ मंसिर २०७८
  • 975
    SHARES

    काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउने प्रस्तावलाई पार्टीको बैठकमा राख्ने बताएका छन् ।

    सोमबार प्रधानन्याधीश जबरालाई महाअभियोग लगाएर हटाउनुपर्ने मागसहित नेपाल बार एसोसिएसनले बुझाएको ज्ञापनपत्र बुझ्दै उपनेता नेम्वाङले बारको प्रस्तावलाई स्थायी कमिटी बैठकमा लैजाने बताएका हुन् ।



    ‘बारले उठाएका विषय गम्भीर छन् । जे भयो राम्रो भएन । यो ज्ञापनलाई अध्यक्ष र स्थायी कमिटीमा अविलम्ब आजै बुझाउँछु । पार्टीको ध्यानाकर्षण गराउने पहल मेरो रहन्छ’, ज्ञापनपत्र बुझ्दै नेम्वाङले भने ।



    प्रधानन्यायाधीश जबराले कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोजेको लगायतका आरोप लगाएर बारले प्रधानन्यायाधीश जबराको राजिनामा माग्दै गत कार्तिक १४ गतेदेखि निरन्तर आन्दोलन गर्दै आएको छ ।

    तर, जबराले राजीनामा नदिने अडान राखेपछि बारले सोमबार सभामुख अग्निप्रसाद सापकोटासहित संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई ज्ञापनपत्र बुझाएको हो ।

    प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने र प्रधानन्यायाधीशको इजलासमा बहस समेत नगर्ने बताइसकेको बारले प्रधानन्यायाधीशलाई विदा गर्नुपर्ने आधार, कारण र आरोपसहित ज्ञापनपत्र बुझाएको जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार