Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउन नेपाल बारले बुझायो सभामुखलाई ज्ञापनपत्र

    प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउन नेपाल बारले बुझायो सभामुखलाई ज्ञापनपत्र

    अनलाइन नेपाल
  • सोमबार, ६ मंसिर २०७८
  • 1.3K
    SHARES

    काठमाडौँ । न्यायपालिका शुद्धीकरणको माग गर्दै आन्दोलनमा रहेका कानून व्यवसायीहरुले सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापनपत्र बुझाएका छन् ।

    सोमबार नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ नेतृत्वको टोलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोग प्रस्ताव ल्याउन माग गर्दै सभामुख सापकोटालाई ज्ञापनपत्र बुझाएको हो ।



    प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने र प्रधानन्यायाधीशको इजलासमा बहस समेत नगर्ने बताइसकेको नेपाल बारले प्रधानन्यायाधीशलाई विदा गर्नुपर्ने आधार, कारण र आरोपसहित ज्ञापनपत्र बुझाएको जनाएको छ।



    प्रधानन्यायाधीश जबराले कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोजेको, अदालतमा बिचौलियाहरुसँग साँठगाँठ गरेकोलगायतका आरोप लगाउँदै गत कार्तिक १४ गतेदेखि बारले दिनहुँ प्रदर्शन गर्दै आएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार