Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • प्रधानन्यायाधीश राणाले तोके १२ इजलासमा ४५४ मुद्दाको पेसी

    प्रधानन्यायाधीश राणाले तोके १२ इजलासमा ४५४ मुद्दाको पेसी

    अनलाइन नेपाल
  • सोमबार, ६ मंसिर २०७८
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन् ।

    प्रधानन्यायाधीश जबराले आज (सोमबार) ११ संयुक्त र एक एकल इजलासमा ४५४ मुद्दामा पेसी तोकेका हुन् । यद्यपि उनले आफ्ना लागि भने कुनै पनि पेसी तोकेका छैनन्।



    यता, मुद्दामा सुनुवाइका लागि पेसी तोकिएको भए तापनि अहिलेसम्म सुनुवाइ भने प्रारम्भ भएको छैन ।



    प्रधानन्यायाधीश जबरासहित सर्वोच्चका सम्पूर्ण न्यायाधीशको बिहीबारको पूर्ण बैठक (फूलकोट) ले गोला प्रणालीसहित नियमावली पास गर्ने निर्णय गरेको थियो।सर्वोच्चमा गत कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ हुन सकेको छैन ।

    बीचबीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको थियो भने गोला प्रणाली लागू गर्ने निर्णय भएपछि न्यायाधीशहरु काममा फर्किएका छन् । अदालतमा मुद्दाको चापअनुसार नियमितरुपमा बेञ्च बस्न नसक्दा न्यायका पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार