रामनारायण यादव/ सप्तरी । सप्तरी उद्योग वाणिज्य संघको अध्यक्षमा लालुप्रसाद अग्रवाल विजयी भएका छन् । ११ औं अधिवेशन अन्तर्गत शनिबार सम्पन्न निर्वाचनबाट उनका निकट प्रतिद्वन्द्वी शंकर कुमार दासलाई ४ सय १९ मतान्तरले पराजित गर्दै अग्रवाल अध्यक्षमा विजयी भएका हुन् ।
अग्रवालले ७ सय ४६ मत प्राप्त गरी विजयी भए भने दासले ३ सय २७ मत प्राप्त गरेका छन् । यसैगरी उद्योग तर्फको उपाध्यक्षमा अग्रवाल प्यानलबाट दुर्गानन्द साहले ५ सय ७२ मत प्राप्त गरि विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी राम आशिष साहले ४ सय ७० मत प्राप्त गरेका छन् ।
यस्तै वाणिज्य तर्फको उपाध्यक्षमा अग्रवालकै प्यानलका रमेश कुमार साहले ८ सय १८ मत प्राप्त गरि बिजयी भएका छन् उनका प्रतिद्वन्द्वी गौरी शंकर प्रसाद साहले २ सय २८ मत प्राप्त गरेका छन् ।
महासचिवमा अग्रवालकै प्यानलबाट अमृत कुमार संचेतीले ६ सय ५५ मत प्राप्त गरि विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी सुरज कुमार सिंहले ३ सय ८५ मत प्राप्त गरेका छन् । सचिवमा अग्रवाल प्यानलकै सुरेन्द्र विमल ५ सय ९३ मत प्राप्त गरि विजयी भएका छन् भने उनका प्रतिद्वन्दी गुलाम वदि उजमा खानले ४ सय २४ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा अग्रवाल प्यानलबाट प्रमोद काबाराले ६ सय ८४ मत प्राप्त गरि विजयी भएका छन् भने उनका प्रतिद्वन्दी दिनेश प्रसाद साह ३ सय ८९ मत प्राप्त गरेका छन् ।
सह–कोषाध्यक्षमा दास प्यानलका निर्मल कुमार मुन्धडाले ५ सय ४४ मत ल्याई विजयी भएका छन् भने उनका प्रतिद्वन्दी अनिल प्रसाद सिंहले ४ सय ६ मत प्राप्त गरेका छन् ।
यसैगरी सदस्यहरुमा संतोष सिंहाले ६ सय ३२, सचिन दासले ५ सय ६९, सुरेन्द्र प्रसाद साहले ५ सय २०, कमल प्रसाद साहले ५ सय ४, संजय कुमार पुर्वेले ४ सय ९५ र दिलिप कुमार गुप्ताले ४ सय ८३ मत प्राप्तगरी विजयी भएका छन् ।
यसैगरी महिला सदस्यमा अम्विका दाहालले ६ सय ३७ मत प्राप्त गरि विजयी भएका छन् भने उनका प्रतिद्वन्दी साधना दासले ३ सय ६८ मत प्राप्त गरेका छन् । सदस्यमा पुर्वे दास प्यानलका हुन भने महिला सदस्यसहित अन्य ६ जना अग्रवाल प्यनलका हुन् ।
यसैगरी सदस्यका निकटतम प्रतिद्वन्द्वीहरुमा शिव नारायण साहले ४ सय ५९, मो. सागिर हुसेनले ४ सय २२, प्रमोद प्रसाद साहले ३ सय ७८, कृष्णादेव भगतले ३ सय ६१, प्रताप कुमार साहले ३ सय २६, अशोक कुमार यादवले ३ सय ५ र विनोद कुमार साहले २ सय ८७ मत प्राप्त गरेका थिए ।
संघको आगामी ३ बर्षे कार्यकालका लागि शनिबार मतदान सम्पन्न भएको हो ।
Leave a Reply