Online Nepal
  • बुधबार, १० पुष २०८१
  • ए डिभिजन लिग : ब्रिगेडद्वारा एपीएफ पराजित, जावलाखेलमाथि मनाङको संघर्षपूर्ण जित

    ए डिभिजन लिग : ब्रिगेडद्वारा एपीएफ पराजित, जावलाखेलमाथि मनाङको संघर्षपूर्ण जित

    अनलाइन नेपाल
  • आइतबार, ५ मंसिर २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आजको खेलमा ब्रिगेड ब्वाइज क्लबले नेपाल एपीएफ क्लबलाई ३–२ ले पराजित गरेको छ ।

    निर्धारित समयसम्म बराबरी भएको खेलको ईन्जुरी टाईममा गोल गर्दै ब्रिगेड जितसहित ३ अंक जोड्न सफल भएको हो।



    ब्रिगेडकइ जितमा दिनेश राईले दुई तथा सुरज गुरुङले एक गोल गरे । एपीएफका आशिष लामा र बिके तामाङले गोल फर्काएका थिए ।



    त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलको ११औं मिनेटमै दिनेश राईले गोल गर्दै ब्रिगेडलाई अग्रता दिलाएका थिए । उनले करीब ३५ यार्ड टाढाबाट फ्रिकिकमा गोल गरेका हुन् ।

    तर त्यो अग्रता लामो समय टिकेन । १७ औं मिनेटमा आशिष लामाले एपीएफका लागि बराबरी गोल फर्काए ।

    ६५औं मिनेटमा दिनेश राईले ड्याड्डी जुनियरको पासमा व्यक्तिगत दोस्रोगोल गर्दै ब्रिगेडलाई २–१ को अग्रता दिलाए । तर, ७७औं मिनेटमा वैकल्पिक खेलाडी रवि थिङको पासमा बिके तामाङले एपीएफका लागि बराबरीगोल फर्काए ।

    ईन्जुरी टाईममा वैकल्पिक खेलाडी सुरज गुरुङले भुवन बस्नेतको पासमा गोल गर्दै ब्रिगेडलाई जित दिलाएपछि ब्रिगेडले आफ्नो पक्षमा तीन अंक जोडेको हो ।

    खेलको म्यान अफ दि म्याच ब्रिगेडका रोशन राना मगर चुनिए ।

    त्यसैगरी आठ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले पनि विजयी सुरुआत गरेको छ । आजै भएको खेलमा जावलाखेल युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मनाङले सुखद सुरुआत गरेको हो ।

    मनाङलाई जित दिलाउन दिनेश राजवंशीले निर्णायक गोल गरे ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिनेशले खेलको ५६ औं मिनेटमा निर्णायक गोल गरेका हुन् । दयानन्द सिंहको कर्नरमा उनले हेडरमार्फत उत्कृष्ट गोल गरे ।

    प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । पहिलो हाफमा दुबै टोलीले गोलको अवसर खेर फालेका थिए ।

    लिग अन्तर्गत भोलि सोमबार दुई खेलहरु हुनेछ । पहिलो खेलमा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

    त्यस्तै दोस्रो खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लब र न्युरोड टिम (एनआरटी) बीच प्रतिस्पर्धा हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार