Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले महाधिवेशन: अध्यक्षमा केपी ओली र भीम रावलको भिडन्त

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावलले १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष रावलले औपचारिक उम्मेदवारी घोषणा गरेका हुन् ।

रावलले सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुमा सहयोग र समर्थनका लागि आह्वान गरेका छन् ।  रावलको घोषणासँगै अब रावलको भिडन्त वर्तमान अध्यक्ष केपी शर्मा ओलीसँग हुने भएको छ ।

यस्तै, उम्मेदवारी दर्त गर्दै अध्यक्ष रावलले जनताको बहुदलीय जनवादले प्रतिस्पर्धाको अधिकार दिएको दाबी गरे। उपाध्यक्ष रावलले आफ्नो कुनै प्यानल नभएको र आफू व्यक्तिगतरुपमा चुनाव लड्ने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077