Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सशस्त्र यद्धबाट भएको राजनैतिक उपलब्धि प्रति गर्व छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुर्‍याउन आफूहरु प्रतिबद्ध रहेको बताएका छन् ।

आइतबार विस्तृत शान्ति सम्झौता सम्पन्न भएको १५औं वर्षका अवसरमा एक वक्तव्य जारी गर्दै अध्यक्ष प्रचण्डले यो अवधिमा राज्य पुनर्संरचना, लोकतन्त्र संस्थागत, समावेशी समानुपातिक सहभागितामा आधारित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएको उल्लेख गरेका छन् ।

यस्तै, अध्यक्ष प्रचण्डले सशस्त्र यद्धबाट भएको राजनैतिक उपलव्धीप्रति गर्व गर्दै भएका कमजोरीको छानविन गरी सत्य तथ्य सार्वजनिक गर्न प्रतिवद्ध रहेको उल्लेख गरेका छन्।

‘आजसम्मका राजनैतिक उपलव्धीहरुप्रति गर्व गर्दै सो क्रममा भएका कमीकमजोरीहरुको छानविन गरी सत्य तथ्य सार्वजनिक गर्न हामी प्रतिवद्ध छौं’ वक्तव्यमा भनिएको छ।

युद्धलाई शान्तिमा रुपान्तरण गर्ने काम सम्पन्न भएपनि सो अवधिमा घटेका घटनाको सत्य तथ्य छानविन गरी सार्वजनिक गर्न, पीडितहरुलाई परिपुरण र संक्रमणकालीन न्यायको मान्यतामा आधारित छानविनको प्रक्रिया टुङ्गोमा पु¥याई समाजमा मेलमिलाप कायम गर्ने काम बाँकी नै रहेको प्रचण्डले उल्लेख गरेका छन् ।

शान्ति र महिला सम्बद्ध संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको प्रस्ताव न. १८२० तथा १३२५ को पहिलो राष्ट्रिय कार्ययोजना सफलतापूर्वक सम्पन्न गरिसकेको उल्लेख गर्दै दाहालले दोस्रो कार्ययोजनासमेत कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । 'आजको यस ऐतिहासिक दिनमा हाम्रो यो प्रतिबद्धता पूरा गर्न सबै1 सम्बद्ध पक्षबाट सहयोगको अपेक्षा पनि गर्दछौं,' वक्तव्यमा भनिएको छ।

हेर्नुहोस् बक्तव्य

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077