Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • अदालतमा राजनैतिक हस्तक्षेप नदेखियोस् भन्नेमा छौँ: प्रचण्ड

    अदालतमा राजनैतिक हस्तक्षेप नदेखियोस् भन्नेमा छौँ: प्रचण्ड

    अनलाइन नेपाल
  • आइतबार, ५ मंसिर २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अदालतको समस्या अदालतभित्रैबाट समाधान होस् भन्ने चाहेको बताएका छन्।

    शनिबार जिल्ला सदरमुकाम भरतपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले अदालतमा देखिएको समस्या अदालतभित्र बाटै समाधान हुनुपर्ने बताएका हुन् ।



    ‘अहिले अदालतमा देखिएको समस्या सकेसम्म अदालतभित्रबाटै समाधान होस् भन्ने हाम्रो चाहना हो, राजनैतिक दलहरुले अदालतमाथि कुनै खालको दबाब र हस्तक्षेप गरेको कहीँ कतै नदेखियोस् भन्ने चाहना हो, प्रचण्डले भने । अदालतमा देखिएको समस्याप्रति दलहरु चिन्तित रहेको उनको भनाइ थियो ।



    प्रचण्डले भने, ‘गठबन्धनका तर्फबाट हामीले बनाएको उच्चस्तरीय समितिको पहिलो औपचारिक बैठकले न्यायालयमा देखा परेको समस्याबारे गम्भीर ध्यानाकर्षण भएको र यसको गरिमा स्वतन्त्रतालाई अविच्छिन्न राख्ने गरी छिटोभन्दा छिटो समाधान होस् भन्न हाम्रो चाहना रहेको बताइसकेका छौँ ।’ केही दिनभित्र नै समस्या समाधान हुने आशा रहेको उनको भनाइ थियो । उनले चाँडै समस्या समाधान गर्न अपिल गरिएको बताए ।

    यस्तै, अध्यक्ष प्रचण्डले एमसिसीको विषयमा सर्वदलीय बैठकले टुङ्गो लगाउने जानकारी दिए । उनले भने, ‘एमसिसी त्यति ठूलो समस्या हो भन्ने लाग्दैन, सर्वदलीय, सर्वपक्षीय छलफलबाट यसको टुङ्गो लाग्छ ।’ नेकपा (एमाले)को महाधिवेशनपछि हुने सर्वदलीय बैठकमा यस विषयमा छलफल भएर अघि बढ्ने प्रचण्डको भनाइ थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार