Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमालेको महाधिवेशनमा  कमल थापा चितवन जाने

काठमाडौं। राप्रपा अध्यक्ष कमल थापा एमालेको महाधिवेशनमा  चितवन जाने भएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले थापालाई मंसिर १० गते चितवनमा हुने महाधिवेशनको समुद्घाटन समारोहमा सम्बोधन गर्न निम्ता दिएका हुन ।

राप्रपा अध्यक्ष थापालाई एमाले अध्यक्ष केपी ओलीको तर्फबाट दिइएको निम्तो नेता राजन भट्टराईले आज पार्टी केन्द्रीय कार्यालयमा भेट गरि अध्यक्ष थापालाई बुझाएका छन् ।

राप्रपा आफैं पनि महाधिवेशनको अन्तिम तयारीमा रहेको भएतापनि नेपालको लोकतान्त्रिक आन्दोलनको महत्त्वपूर्ण दल एमालेको महाधिवेशनमा अध्यक्ष थापा

सम्बोधनका लागि चितवन जाने कार्यक्रम रहेको राप्रपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077