Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

केपी ओली मधेश विरोधी हुन्, संविधान संशोधन उनैले रोके: प्रचण्ड

रौतहट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मधेशी जनता विरोधी भएको बताएका छन्।

शनिबार रौतहटको कटहरीयमा आयोजित आमसभामालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीलाई मधेशी जनता विरोधी खलपात्रको रुपमा व्याख्या गरे । ओलीकै कारण संविधान संशोधन हुन नसकेको प्रचण्डको भनाइ छ।

महिला बालबालिका, मुस्लिम, मधेसवासीको हक, अधिकार सुनिश्चित गर्ने गरि आफूले संविधान संसोधन प्रस्ताव प्रतिनिधिसभामा लगे पनि एमाले अध्यक्ष केपी ओलीले रोकेको उनले बताएका छन् ।

‘म दोस्रो पटक प्रधानमन्त्री हुँदा मधेसी, महिला बालबालिका, उत्पिडित समुदाय, आदिवासी जनजातिलगायतलाई अझै अधिकार सम्पन्न बनाउने गरी संविधान संसोधनको प्रस्ताव प्रतिनिधिसभामा लगेको थिए,' कार्यक्रममा प्रचण्डले भने।

यस्तै, उक्त प्रस्तावलाई ओलीले रोकेको भन्दै प्रचण्डले भने, 'संविधान विरोधी, गणतन्त्र विरोधी, धर्मनिरपेक्ष विरोध, मधेसी जनता विरोधी केपी ओलीले रोके।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077